कोरोना संक्रमित दुईजना पुरुषको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी सुनसरीका ६८ वर्षीय पुरुषको निधन भएको हो ।
यही २० असोजमा प्रतिष्ठानमा उनमा कोरोना पोजेटिभ देखिएको थियो भने २२ असोजमा उनी प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा भर्ना भएको उनले जानकारी दिए ।
उनको शुक्रबार दिउँसो साढे १२ बजे निधन भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी दुहवी सुनसरीकै ५२ वर्षीय पुरुषको पनि आज निधन भएको छ ।
उनी मिर्गाैलासम्बन्धी गम्भीर रोगबाट पीडित बनेको प्रतिष्ठानले जनाएको छ । उनको बिहीबार राति २ बजे निधन भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।
दुवै मृतकको शव व्यवस्थापन नियमअनुसार हुने उनले बताए ।