प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना मुक्त

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना संक्रमण मुक्त भएका छन्। 

बिहीबार गरिएको तीनै जनाको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  उनीहरु सबैलाई गत असोज १७ गते संक्रमण भएको थियो ।     

परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन् – हामीले कोरोना संक्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौँ । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौँ ।  

 

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार म सूर्य थापाकाे...

Posted by Surya Thapa on Thursday, October 8, 2020

याे पनि पढ्नुहाेस् : प्रधानमन्त्रीका तीन सल्लाहकार र बालुवाटारका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
 

सुझावित समाचार