काेराेना संक्रमणबाट थप १२ जनाको निधन

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२  जनाको निधन भएको छ । निधन हुनेमा आठ पुरुष र चारजना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा दुई पुरुष, चितवनमा तीन, सुनसरीमा एक, धनुषामा एक र कास्कीमा एक गरी आठ जना पुरुषकाे काेराेना संक्रमणबाट निधन भएकाे छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर र सुर्खेतमा गरी चारजना महिलाकाे निधन भएकाे मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या पाँच सय ९० पुगेको छ । 

सुझावित समाचार