एक सय ३१ किलो गाँजासहित एक पक्राउ

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

पर्सा प्रहरीले बुधबार राति प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका– ५ देउरियाका राजु ओझैया रहेका छन् । 

उनको साथबाट एक सय ३१ किलो गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता मनोजित कुँवरले जानकारी दिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ओझैयाको घरमा छापा मारेर गाँजासहित पक्राउ गरेको उनले बताए । 

गाँजासहित पक्राउ परेका ओझैयालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कुँवरले बताए । 

ओझैयाको घरमा छापा मारेर खानतलासी गर्दा धेरै पोकामा रहेको एक सय ३१ केजी गाँजा  बरामद भएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार