घरनजिकैको धानखेत हेर्न निस्केकी ७५ वर्षीया वृद्धा पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी छिन् । १२ असोजको बिहान करिब साढे ७ बजेतिर घरनजिकैको खेत हेर्न जान्छु भन्दै निस्किएकी सिराहाको लहान नगरपालिका– १५ ढोढना बानो गाउँकी ७५ वर्षीया शीतलीदेवी थरुनी पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी हुन् ।
‘आफन्त, गाउँघर सबैतिर खोजिसक्यौँ, कतै पनि फेला पर्नुभएको छैन,’ वृद्धाकी बुहारी निर्मला चौधरीले भनिन्, ‘सासू बेपत्ता भएपछि परिवारमा थप चिन्ता बढेको छ ।’
सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि खोजीका लागि लहानस्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको वृद्धाकी ज्वाइँ रामचन्द्र चौधरीले बताए । लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले हराएकी वृद्धाको तस्बिरसहितको हुलिया प्रहरी युनिटहरूमा पठाएर खोजी भइरहेको बताए ।