अपांगता भएका २४० जनालाई ह्विलचियर वितरण

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

सरकारले अपांगता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका दुई सय ४० जना अपांगता भएकालाई आधुनिक मोडलको ह्विलचियर वितरण गरेका हुन् । 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा वितरण गरिएको ह्विलचियरको बजार मूल्य १५ हजारदेखि दुई लाख ५० हजारसम्म रहेको छ । कार्यक्रममा मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपांगता भएका व्यक्तिको जिम्मा राज्यले लिने बताए । 

उनले भौतिक पूर्वाधारसहितको अपांगतामैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान गरे । ‘अपांगतामैत्री वातावरण निर्माणमा लाग्न म सबैलाई आह्वान गर्दछु,’ गुरुङले भने, ‘कोराना भाइरसका कारण झनै संकटमा परेका अपांगता भएका व्यक्तिको जिम्मा राज्यले लिन्छ ।’
 

सुझावित समाचार