काेराेना मिटर : आज थप तीन हजार चार सय ३९ जनामा संक्रमण, सक्रिय संक्रमित २५ हजारभन्दा बढी

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप तीन हजार चार सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार सात पुगेको छ ।

यो अवधिमा  १४ हजार दुई सय नौजनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज  ११ सय २६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म  ६८ हजार ६ सय ६८ जना  संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 

संक्रमित निको हुने दर ७२.९  प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

संस्थागत आइसोलेसनमा १० हजार पाँच सय ९६ जना र होम आइसोलेसनमा  १४ हजार चार सय ११ जना रहेको मन्त्रालयले जनाएको छ ।
 

सुझावित समाचार