काठमाडौं उपत्यकामा थपिए १६ सय ८४ संक्रमित

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बुधबार थप १६ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ९६ जना, ललितपुरमा दुई सय ९३ जना र भक्तपुरमा ९५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बुधबार ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ भने  ११ सय २६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

सुझावित समाचार