गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या चार हजार तीन सय नाघ्याे

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा बुधबार ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

प्रदेशका ११ मध्ये ६ जिल्लामा नयाँ सक्रमित थपिएका हुन् । थपिएका नयाँसँगै प्रदेशमा कुल संक्रमित संख्या चार हजार तीन सय नौ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल चितवनमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै बाग्लुङमा ३२ जना रहेका छन् । 

यसैगरी नवलपरासीमा १३, कास्कीमा १२, लमजुङमा तीन, तनहुँमा चार र म्याग्दीमा दुईजना नयाँ संक्रमित थपिएका हुन्  ।

नयाँ संक्रमितमध्ये बाग्लुङका २७ जना नेपाली सेना र एकजना नेपाल प्रहरीका हुन् ।

सुझावित समाचार