गण्डकी प्रदेशमा थपिए ५८ कोरोना संक्रमित

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमित थपिएका छन् । 

थपिनेमा बाग्लुङका ३२ जना छन् । नवलपुरका १३ जना, कास्की र तनहुँका चार–चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

लमजुङका तीनजनामा संक्रमण पुष्टि भएको छ । 

म्याग्दीका दुईजनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार बुधबार थपिएका संक्रमितसहित संक्रमितको संख्या प्रदेशमा चार हजार तीन सय ६७ पुगेको छ । 

सुझावित समाचार