ग्लोबल आइएमई बैंकका तीन शाखारहित बैंकिङ

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण

 ग्लोबल आइएमई बैंकले तीनवटा नयाँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले पाल्पाको सत्यवती, रौतहटको कटहरिया र गुल्मीको अर्जेमा सेवा सञ्चालनमा ल्याएको हो । 

सत्यवतीमा छविसरा सिँजाली, कटहरियामा महमद जलालुदिन हक र अर्जेमा भरत पराजुलीलाई  स्थानीय प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत  बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, नेपाल टेलिकमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने जनाइएको छ ।  

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन शाखारहित बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएका २ सय ५९ शाखा सञ्जालसहित २ सय ३४ एटिएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय २५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

सुझावित समाचार