पछिल्लो २४ घन्टामा देशभर २४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।
यो अवधिमा १३ हजार सात सय ८१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ८९ हजार दुई सय ६३ पुगेको छ ।
आज ११ सय ३३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ६५ हजार दुई सय दुईजना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितको संख्या २३ हजार पाँच सय सात पुगेको छ ।
संस्थागत आइसोलेसनमा ११ हजार एक सय ९१ जना र होम आइसोलेसनमा १२ हजार तीन सय १६ जना रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये दुई सय ४४ जना आइसियू र ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।