काठमाडौं उपत्यकामा सोमबार थप १५ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ७८ जना, ललितपुरमा दुई सय ५० जना र भक्तपुरमा एक सय तीनजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आइतबार २४ सय ४० जनामा संक्रमण पुष्टि भएको छ भने ११ सय ३३ संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।