१० लाख मृत्युले सिकाएको पाठ

मानवजातिले अन्ततः कोरोना भाइरसलाई परास्त गर्नेछ, तर यसका लागि ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

सोमबार, १९ असोज, २०७७
डिजिटल संस्करण

देश/विदेश

विश्वमा कोभिड–१९ बाट मर्नेको संख्याले गत मंगलबार १० लाखको आकडा पार गर्यो । यो एकदमै डरलाग्दो कुरा हो । अमेरिकामा मात्रै यो भाइरसले दुई लाखभन्दा बढीलाई मारिसकेको छ । अमेरिकाले कोरिया, इराक र अफगानिस्तानलगायत पाँच मुलुकमा लडेका युद्धमा पनि यत्रो संख्याको मृत्यु व्यहोरेको थिएन । एकदमै दुःखको कुराचाहिँ के हो भने यीमध्ये अधिकांश मृत्युलाई टार्न सकिन्थ्यो ।

मानिस र भाइरसबीचको लडाइँमा मानिसले हारेको छ । अमेरिकाले यो हारको दोष लिनुपर्छ, किनकि खेलाँचीका कारण सबभन्दा शक्तिशाली भएर पनि सबैभन्दा नराम्ररी प्रभावित उही छ । अन्तर्राष्ट्रिय समाजले अमेरिकालाई यस्तो निष्क्रिय रबैया जारी नराख्न, महाव्याधिसँगको लडाइँमा विश्वव्यापी सहयोग र सहकार्यको खिलाफ नहुन भनेर यो असफलतामा उसको दोष देखाउने न क्षमता नै राख्छ, न यसलाई सच्याउने संकल्प नै उसमा छ । जसका कारण मानवजातिले अझै धेरै दुःखदायी मूल्य चुकाउनु पर्नेछ । यो खतरनाक व्याधिलाई प्रभावकारी रूपले नियन्त्रण गर्ने  घना आवादी एवं विशाल जनसंख्यायुक्त एक्लो मुलक चीन मात्रै हो । 

अहिले, चिनियाँहरूको सबैभन्दा ठूलो पर्व र बिदा सुरु हुन लागेको छ । यो राष्ट्रिय दिवसको बिदा मनाउन करोडौँ चिनियाँ नागरिकले मुलुकभित्र यात्रा तय गर्दै छन्, यो अवसर चिनियाँ जनताले महाव्याधिसँग जुझ्न जुन कठिन र कडा प्रयास गरेका छन्, त्यसैको प्रतिफल हो । अवश्य पनि यसवेला चीनले धुमधामसँग उत्सव मनाएर प्रदर्शन गर्नु हुँदैन । तर, चीनको सानोतिनो कमजोरीलाई देखाएर चीनको उपलब्धिलाई कम देखाउने प्रयत्न गर्नु भनेकोचाहिँ दुःखी र अस्वस्थ मानसिकताको उपज हो । 

यो महाव्याधिसँगको लडाइँमा हाम्रो शत्रु को हो भन्ने प्रस्ट छ । त्यसैगरी, कोरोना भाइरससँगको लडाइँमा विश्वव्यापी सहकार्यको आवश्यकता छ भन्ने पनि सुस्पष्ट छ । महाव्याधिविरुद्धको विश्वव्यापी सहयोग एवं सहकार्यमा बाधा उत्पन्न भएको छ । वासिंटनको जबर्जस्त अवरोधका साथै राजनीतिक विवादले जनस्वास्थ्यमा सहकार्यलाई पाखा पारेको छ, जसले थप अरू संक्रमण र मृत्युतर्फ डोर्याउँदै लगेको छ ।

मुलुकहरूबीच सिमानाका विवाद छन्, तर नयाँ समस्या खडा गर्ने चाहनामा व्यापक कमी आएको छ । मानिसहरूले चासो दिन छाड्दा परम्परागत भूराजनीतिक संघर्ष मोडिने सम्भावना छ । किनकि अहिलेभन्दा चिन्ताको विषय जनस्वास्थ्य सुरक्षा, जलवायु परिवर्तन, वातावरणीय समस्याजस्ता मानवजातिले साक्षात्कार गरिरहेका साझा चुनौती भएका छन् । मुलुकहरूको साझा प्रयासमार्फत यी समस्याको समाधान खोज्न सकिन्छ । यो घडीमा जसले विश्वलाई धुव्रीकृत गर्ने प्रयास गर्छ, त्यो इतिहासमा कलंकित हुने निश्चित छ ।

विश्वले अब महाव्याधिसँग लड्ने सवालमा ठूलो चुनौतीको साक्षात्कार गर्दै छ । उत्तरी गोलाद्र्धमा शरद लागिसकेको छ, अब केही दिनमा जाडोयाम सुरु हुनेछ । तापक्रम घट्दै जाँदा कोरोनाको संक्रमणले पनि थप तीव्रता लिँदै छ ।
 

कोरोना भाइरससँग प्रभाककारी रूपले सामना गर्न असफल ट्रम्प प्रशासन महाव्याधि उत्कर्षमा पुगिरहेको बखत विश्वलाई विभाजित बनाउँदै छ । उसको यस्तो कार्यले अमेरिकी सरकारलाई पछि सम्म दपेटिरहनेछ । विश्वले अब महाव्याधिसँग लड्ने सवालमा ठूलो चुनौतीको साक्षात्कार गर्दै छ । उत्तरी गोलाद्र्धमा शरद लागिसकेको छ, अब केही दिनमा जाडोयाम सुरु हुनेछ ।

तापक्रम घट्दै जाँदा कोरोनाको संक्रमणले पनि थप तीव्रता लिँदै छ । केही समयका लागि केही त्राण पाएका अधिकांश युरोपेली मुलुक दोस्रो लहरको असर सामना गर्दै छन् । चीनको दक्षिणी छिमेकी मुलुक भारतमा विस्मयकारी गतिमा संक्रमण फैलिरहेको छ । केही मानिस भारत नै सबभन्दा धेरै प्रभावित मुलुक बन्ने प्रक्षेपण गर्दै छन् । तर सम्भवतः अमेरिका नै अगाडि हुनेछ ।

यो भाइरसलाई निर्मूल पार्नमा एउटा मुलुक मात्रै बाँकी रहँदासम्म यो महामारीसँगको लडाइँमा विजय हासिल हुँदैन । विश्वको एउटा मुलुकमा पनि भाइरस रहँदासम्म चीनले महामारी रोकथाम तथा नियन्त्रणमा हासिल गरेको उपलब्धि खतरामा रहिरहनेछ । चिनियाँ नागरिक यसबारे बखुबी जानकार छन् । सन् २०२० महाव्याधिमै बित्ने भएको छ । यद्यपि, मानवजातिले अन्ततः यो कोरोना भाइरलाई परास्त गर्नेछ– यसमा कसैलाई पनि शंका छैन ।

प्रश्न के मात्र हो भने यसका लागि कति  मूल्य चुकाउनुपर्ने हो ? दसौँ लाख मानिसको मृत्यु केही पहिलेसम्म अकल्पनीय थियो । तर, केही जनस्वास्थ्यविद् यो आकडा बीस वा तीस लाख पुग्न सक्ने आकलन गर्दै छन् । मृत्युको आकडालाई धेरै बढ्न नदिनु नै अहिलेको ठूलो चुनौती हो । हामीले यत्रो मूल्य चुकाएर के पाठ सिक्यौँ ? विश्वले कुन प्रकारको समाञ्जस्य खोज्ला ? यसखाले विश्वव्यापी दुःखद घटनाको उदय हुन नदिन यी कुरा महत्वपूर्ण हुनेछन् । 
ग्लोबल टाइम्सको सम्पादकीयबाट
 

सुझावित समाचार