काठमाडौं उपत्यकामा थपिए १५ सय ९९ संक्रमित

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आइतबार थप १५ सय ९९  जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १३ सय ७३ जना, ललितपुरमा एक सय ८७ जना र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आइतबार २२ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने  १३ सय २९ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

सुझावित समाचार