पछिल्लो २४ घन्टामा देशभर २१ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।
यो अवधिमा १२ हजार नौ सय ७८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ८४ हजार पाँच सय ७० पुगेको छ ।
आज दुई हजार ४४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ६२ हजार सात सय ४० जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या भने २१ हजार तीन सय दुई छ ।
संक्रमित निको हुने दर ७४.१ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
संस्थागत आइसोलेनमा नौ हजार सात सय ७३ र होम आइसोलेसनमा ११ हजार पाँच सय २९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये दुई सय १७ जना आइसियू र ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार जारी छ ।