काठमाडौं उपत्यकामा थपिए ११ सय ७७ संक्रमित

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा शनिबार थप ११ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा एक हजार एकजना, ललितपुरमा एक सय नौजना र भक्तपुरमा ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शुक्रबार २१ सय २० जनामा संक्रमण पुष्टि भएको छ भने दुई हजार ४४ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार