सिराहाका कोरोना संक्रमितको विराटनगरमा निधन

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट सिराहाका एकजनाको विराटनगरमा निधन भएको छ । सिराहाको सुखीपुर नगरपालिका– २ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणकाे उपचारका क्रममा निधन भएको हो । 

स्वास्थ्यमा समस्या भएपछि उनको विराटनगरको नोबेल अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । बिहीबार साँझ उनको स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई  विराट अस्पतालको आइसोलेसनमा पठाइएको थियो । आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै उनको शुक्रबार मृत्यु भएको आइसोलेसन इन्चार्ज सुनिल देवले बताए । 

इन्चार्ज देवका अनुसार मृतकमा श्वास–प्रश्वास र निमोनियाको समस्या थियो । मृतकको शव सुखीपुर ल्याएर व्यवस्थापन गरिएको सिराहा स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए । योसँगै सिराहामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

सुझावित समाचार