कोरोना संक्रमणबाट २४ घन्टाभित्र थप ११ जनाको निधन भएको छ ।
निधन हुनेमा चारजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या पाँच सय २० पुगेको छ ।
निधन हुनेमा ललितपुरका दुई पुरुष, भक्तपुरका दुई महिला, बाँकेका दुई पुरुष छन् ।
त्यसैगरी मोरङ, मकवानपुर, रुपन्देहीका एक–एक पुरुषकाे निधन भएकाे छ । सुर्खेत र काठमाडौंका एक–एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।