काेराेना मिटर : आज थपिए १९ सय ११ संक्रमित, सक्रिय संक्रमित २१ हजार आठ सय ३० पुगे

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा १९ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

यो अवधिमा १२ हजार चार सय ४४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ७९ हजार सात सय २८ पुगेको छ । 

त्यसैगरी आज नौ सय ६१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

कुल निको हुनेको संख्या ५७ हजार तीन सय ८९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

संक्रमित निको हुने दर ७१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संक्रमितमध्ये आइसियू दुई सय २० जना र भेन्टिलेटर २५ जनाको उपचार भइरहेको छ ।

सुझावित समाचार