कास्कीका १६ जनासहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा संक्रमित हुने सबैजना पोखरा महानगरका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार नवलपुरका पाँचजना कोरोना संक्रमित थपिएका छन् ।
बाग्लुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार थपिएका संक्रमितसहित गण्डकीमा कोराना संक्रमितको संख्या तीन हजार नाै सय ४० पुगेको छ ।
दुई हजार सात सय ४४ जना निको भएका छन् ।
प्रदेशमा एक हजार एक सय ६३ जना सक्रिय संक्रमित छन् ।
प्रदेशमा अहिलेसम्म ७० हजार दुई सय ६४ जनाको पिसिआर परीक्षण भएको छ ।
कोरोना संक्रमणकै कारण प्रदेशमा ३३ जनाले ज्यान गुमाएका छन् ।