ग्लोबल आइएमईद्वारा ट्राफिक पोल हस्तान्तरण

बुधबार, १४ असोज, २०७७
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यकाभित्रका सडकमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको छ । ३१ वैशाखमा पनि बैंकले ट्राफिक पोल हस्तान्तरण गरेकोमा उपयोगी भएको निष्कर्षसहित बैंकले दोस्रोपटक पोल सहयोग गरेको हो ।

 बैंकले प्रदान गरेको ट्राफिक पोलले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने विश्वास लिएको बैंकले जनाएको छ । समाजोपयोगी कार्यमा सहयोग पुर्याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको जनाइएको छ ।

सुझावित समाचार