काेराेना : विश्वभर तीन करोड २७ लाख संक्रमित, दुई करोड ४१ लाख निको भए

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड २७ लाख ८३ हजार पुगेको छ ।

त्यसमध्ये दुई करोड ४१ लाख ८४ हजार संक्रमित निको भइसकेका छन् ।

हाल सक्रिय संक्रमित भने ७६ लाखजना छन् । त्यसमध्ये ६३ हजारको अवस्था गम्भीर छ ।

संक्रमितमध्ये नौ लाख ९३ हजार सात सय ७० जनाको निधन भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
 

सुझावित समाचार