काठमाडौं उपत्यकामा थपिए ६ सय ४५ संक्रमित

शुक्रबार, ९ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा शुक्रबार थप ६ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय तीन, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको हो । 

देशभर आज १३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा १४ सय ५५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । 
 

सुझावित समाचार