काेराेना मिटर : आज थपिए १३ सय १३ संक्रमित, कुल संक्रमितको संख्या ७० हजार नाघ्यो

शुक्रबार, ९ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर १३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यो अवधिमा १२ हजार दुई सय ६२ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएको समेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

हाल सक्रिय संक्रमित भने १८ हजार दुई सय ८९ जना छन् ।

विगत २४ घन्टामा देशभरबाट १४ सय ५५ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ५१ हजार आठ सय ६६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

संक्रमित निको हुने दर ७३.४ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

संक्रमितमध्ये दुई सय २७ जनाको आइसियू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार