काठमाडौं उपत्यकामा थपिए सात सय ५५ संक्रमित

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बिहीबार थप सात सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय नौ, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको छ। 

देशभर बिहीबार १४ सय ९७ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा चार सय ५७ जना कोरोनामुक्त भएका छन् । 

सुझावित समाचार