स्याङ्जामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो, चार बेपत्ता (अपडेट)

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

पहिरोले पुरिएर स्याङ्जाको वालिङ- १४ मा एकैपरिवारका पाँचजनाको मृत्यु भएको छ । चारजना बेपत्ता भएका छन् ।एकजनाकाे जीवितै उद्धार गरिएकाे छ । बिहान ६ बजे  तमादीस्थित माया नेपालीको घर पहिराेले पुरेकाे हाे । 

पहिरोमा पुरिएर मृत्यु भएका पाँचजनाको सनाखत भएकाे छ । उनीहरूकाे शव पहिराेले पुरेकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा  तीन महिला र दुई पुरुष छन् ।

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरूमा वालिङ- १४ बस्ने  ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाकला नेपाली र नाै वर्षीय विवश नेपाली रहेका छन् ।

जीवितै उद्धार गरिएकी १६ वर्षीया मनीषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार कार्यलाई जारी राखेका छन् । 

 

सुझावित समाचार