काेराेना मिटर : आज १८ सय ९३ निको भए, ११ सय ७२ संक्रमित थपिए

बुधबार, ७ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर १८ सय ९३ संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

यो अवधिमा नौ हजार चार सय ४९ जनाको नमुना परीक्षण गर्दा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थप भएकासमेत गरी देशभर हालसम्म संक्रमितको संख्या ६७ हजार आठ सय चार पुगेको छ । 

हाल सक्रिय संक्रमित भने १७ हजार चार सय १४ जना छन् । हालसम्म ४९ हजार नौ सय ५४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

संक्रमित निको हुने दर ७३.७ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

सक्रिय संक्रमितमध्ये आठ हजार दुई सय २८ जना संस्थागत र नौ हजार एक सय ८६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार