बाघको छाला र सालकको खपटासहित एकजना पक्राउ

बुधबार, ७ असोज, २०७७
डिजिटल संस्करण

वन्यजन्तुको अंग अवैध रूपमा चोरी–सिकारी गरेर अवैध ओसारपसार गर्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । 

बाघको छाला, सालकको खपटा र आखेटोपहारसहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् । 

उनका अनुसार धादिङको गल्छी– ४ का २८ वर्षीय सन्तोष लामिछाने पक्राउ परेका हुन् । 

मंगलबार साँझ ६ः३० बजे पोखरा– ३१ शिशुवाबाट वनपोखरी जाँदै गर्दा प्रदेश ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलमा जेब्रा झोलामा लुकाएको अवस्थामा उनी पक्राउ परेका हुन् ।

अवैध बाघको छाला एक थान, सालकको खपेटा एक थान, वन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा र पञ्जाजस्तो देखिने तीन केजी सात सय ५० ग्राम सामान उनको साथबाट बरामद भएको छ । 

कारबाहीका लागि उनलाई डिभिजन वन कार्यालय कास्की सामानसहित पठाइएको प्रहरीले जनाएको छ ।  

सुझावित समाचार