रेनोकोे नयाँ क्विड गाडी सार्वजनिक

बुधबार, ६ असोज, २०७७
डिजिटल संस्करण

युरोपियन ब्रान्डको गाडी रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोबाइल प्रालिले नयाँ क्विड गाडी बजारमा ल्याएको छ । कम्पनीले डिजाइन, नवीनता र आधुनिकताका हिसाबले सफल उत्पादन भएको दाबी गर्दै सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँमा नयाँ क्विड गाडी बिक्री सुरु गरेको हो ।  

नयाँ क्विड गाडी बोल्ड, अधिक स्टाइलिस र धेरै लोडेड फस्ट–इन–क्लास सुविधाहरूका साथ आउने कम्पनीको दाबी छ । १ लिटर एससिई (स्मार्ट कन्ट्रोल इफिसेन्सी) पावरट्रेन मैन्युअल र स्वचालित प्रसारण विकल्पहरूमा उपलब्ध रहेको जनाइएको छ ।

एड्भान्स अटोमोबाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले नयाँ क्विडले डिजाइन, नवीनता र आधुनिकताका क्षेत्रमा नयाँ बेन्चमार्क सेट गर्ने बताए । 

 विशेषता
यो गाडीको अगाडिको भाग नयाँ सिग्नेचर लाइटिङ एसयुभी स्टाइल लो माउन्टेड हेडल्याम्प रहेको छ । फस्ट–इन–क्लास सिल्भर स्ट्रिक एलइडी डिआरएल रहेको कम्पनीले जनाएको छ ।

यसमा ठूला आर १४ भोलक्यानो ग्रे मस्कुलर मल्टी स्पोक चक्का, एसयुभी स्किड प्लेटहरू र १८४ एमएम हाई ग्राउन्ड क्लियरेन्स मुख्य विशेषता रहेको कम्पनीको दाबी छ । स्पोर्टी स्टियरिङ ह्विल र स्पोर्टी ओरेन्ज ह्वाइट अपहोल्स्ट्रीका साथ एक नयाँ आन्तरिक अनुरूपले स्ट्राइकिङ एक्सटेरियरसँग पूरक बनाउने कम्पनीले जनाएको छ । 

सुझावित समाचार