काेराेना मिटर : आज थपिए १३ सय ५६ संक्रमित, कुल संक्रमितको संख्या ६६ हजार नाघ्यो

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा १३ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ११ हजार एक सय ५४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थप भएकासमेत गरी देशभर हालसम्म संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । 

हाल सक्रिय संक्रमित भने १८ हजार एक सय ४२ जना छन् । त्यसैगरी विगत २४ घन्टामा आठ सय २३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण निको हुने दर ७२ प्रतिशत रहेको बताए । 

संक्रमितमध्ये आइसियूमा दुई सय २३ जना र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार