आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण
आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

फाइल तस्बिर

मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवासमा आज बसेको बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीमा चुनाव गर्न उपयुक्त नभएको भन्दै यही असोज २४ का लागि तय भएको निर्वाचन उचित समयमा मिति तोक्ने गरी हालका लागि स्थगित गरेकाे हाे । 

साथै आजकाे बैठकले ‘हिमचितुवा’का नामले परिचित कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्पूर्ण उपचार खर्च राज्यले व्यहाेर्ने र शेर्पाको नाम चिरस्थायी बनाउन राज्यले पहल गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्वकीर्तिमान कायम राख्न सफल शेर्पाकाे साेमबार निधन भएको हाे । 

 बैठकले अन्य नियमित विषयमा पनि छलफल गरेको छ ।  

सुझावित समाचार