काठमाडौं उपत्यकामा थपिए सात सय ६७ संक्रमित

आइतबार, ४ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आइतबार थप सात सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ६ सय दुईजना, ललितपुरमा ६४ जना र भक्तपुरमा एक सय एकजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आइतबार १३ सय २५ जनामा संक्रमण देखिएको थियो ।

उपत्यकामा संक्रमण पुष्टि भएको देशभरको तुलनामा आधाभन्दा बढी हो ।
 

सुझावित समाचार