काेराेना मिटर : आज १३ सय २५ संक्रमित थपिए, कुल संक्रमितको संख्या ६४ हजार नाघ्यो

आइतबार, ४ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा १३ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यो अवधिमा नौ हजार पाँच सय ८४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार एक सय २२  पुगेको छ ।

त्यसैगरी विगत २४ घन्टामा नौ सय ६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार दुई सय ३३ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण निको हुने दर ७२ प्रतिशत रहेको बताए ।

हाल सक्रिय संक्रमित भने १७ हजार चार सय ७८ जना छन् । त्यसमध्ये संस्थागत आइसोलेसनमा नौ हजार ७१ जना र होम आइसोलेसनमा आठ हजार सातजना बसेका छन् ।

संक्रमितमध्ये एक सय ९० जनाको आइसियू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

हाल क्वारेन्टिनमा सात हजार चार सय ५१ जना छन् । 
 

सुझावित समाचार