प्रदेश ५ मा हालसम्म नाै हजार ८५ जना कोरोना संक्रमित, रुपन्देहीमा सबैभन्दा बढी

आइतबार, ४ असोज, २०७७
डिजिटल संस्करण

प्रदेश ५ को रुपन्देहीमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । 

प्रदेशमा कोरोना संक्रमितको संख्या नाै हजार ८५ पुग्दा रुपन्देहीमा मात्रै दुई हजार ३० पुगेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तंथ्याकअनुसार रुपन्देहीमा हाल आठ सय ५५ जना उपचारमा रहेका छन् । 

त्यस्तै प्रदेशमा संक्रमितमध्ये दुई हजार तीन सय ३९ जना उपचारमा रहेका छन् । यस प्रदेशमा कोरोना संक्रमित ५६ जनाको मृत्यु भएको छ । 

यहाँ निको हुनेको संख्या ६ हजार ६ सय ८८ रहेको छ । 

रुपन्देहीमा कोरोना संक्रमितको निधन हुनेको संख्या पनि प्रदेशका अन्य जिल्लाको तुलनामा बढी रहेको छ । यहाँ १८ जना कोरोना संक्रमितको निधन भएको छ । 

जिल्लागत हिसाबले संक्रमितको अवस्था
बाँकेमा एक हजार पाँच सय ७४, कपिलवस्तुमा एक हजार दुई सय ५९ जना रहेका छन् । 

त्यस्तै, दाङमा एक हजार २२, पाल्पा ६ सय ९४ संक्रमित रहेका छन् । त्यस्तै  बर्दियामा पाँच सय ५५, प्युठानमा पाँच सय ६,  गुल्मीमा चार सय ५९ जना रहेका छन् । 

नवलपरासी पश्चिममा चार सय ४३,  अर्घाखाँचीमा तीन सय ९७, रोल्पामा एक सय सात र रुकुम पूर्वमा ३९ जनामा कोरोना संक्रमण भएको छ ।  

यस प्रदेशमा पिसिआर जाँचका लागि एक लाख  १४ हजार पाँच सय २४ जनाको स्वाब संकलन गरिएको छ । 

जसमध्ये तीन हजार सात सय ५२जनाको स्वाब परीक्षणकोे प्रक्रियामा रहेको छ ।

सुझावित समाचार