काेराेना मिटर : आज १४ सय ४७ निको भए, थप १२ सय चारजनामा संक्रमण

शनिबार, ३ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप १२ सय चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार तीन सय ३३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । 

शनिबार थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ६२ हजार सात सय ९७ पुगेको छ ।

विगत २४ घन्टामा १४ सय ४७  जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

योसमेत हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार दुई सय ६७ पुगेको छ ।

संक्रमण निको हुने दर ७२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल सक्रिय संक्रमित भने १७ हजार एक सय २९ मात्र छन् । त्यसमध्ये नौ हजार एक सय ५३ जना संस्थागत र सात हजार नौ सय ७६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये एक सय ७९ जनाको आइसियू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए । 
 

सुझावित समाचार