आधिकारिक ट्रेड युनियनको चुनावको तयारी, कर्मचारीको सरुवा रोकियो

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै निजामती कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको छ । आगामी २४ असोजमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन लागेकाले सरुवा रोक्ने निर्णय गरेको हो ।

निर्वाचनको आचारसंहिताका कारण सरुवा रोकिएको मन्त्रालयले जनाएको छ । प्रमुख निर्वाचन अधिकृतको पत्रअनुसार २४ असोजसम्म सरुवा तथा काज सरुवा नहुने मन्त्रालयले प्रस्ट पारेको छ । 

कोरोना महामारी बढिरहेका वेला सरकारले आधिकारिक ट्रेड युनियनको चुनाव गर्न लागेको हो । चुनावमा अधिकृतसम्मका कर्मचारीले मतदान गर्न पाउनेछन् । विषम परिस्थितिमा चुनाव गर्न लागेको भन्दै ट्रेड युनियनकै नेताहरूले यसको विरोध गरेका छन् ।

सुझावित समाचार