कोरोना मिटर : संक्रमित ६१ हजार नाघे, आज थप दुई हजार २० जनामा संक्रमण पुष्टि

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे एकैदिन धेरै संक्रमित भेटिएकाे अहिलेसम्मकै पहिलाे हाे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ११ हजार चार सय ५८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

शुक्रबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ६१ हजार पाँच सय ९३ पुगेको छ ।

यो अवधिमा आठ सय ७१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४३ हजार आठ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।

निको हुने दर ७१.१  प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल सक्रिय संक्रमित १७ हजार तीन सय ८३ जना छन् । त्यसमध्ये नौ हजार दुई सय ९५ जना संस्थागत र  आठ हजार ८८ जना होम आइसोलेसनमा बसेका छन् ।

सुझावित समाचार