काेराेना मिटर : आज १२ सय ४६ संक्रमित थपिए, १२ सय ४३ जना निको भए

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार ६ सय ४१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

बिहीबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार पाँच सय ७३ पुगेको छ ।

याे अवधिमा १२ सय ४३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार नौ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।

निको हुने दर ७२  प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल सक्रिय संक्रमित १६ हजार दुई सय ४१ जना छन् । त्यसमध्ये सात हजार नौ सय तीनजना संस्थागत र  आठ हजार तीन सय ३८जना होम आइसोलेसनमा बसेका छन् ।

संक्रमितमध्ये एक सय ८२ जना आइसियू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार