थप आठजना संक्रमितको निधन, संक्रमणबाट हालसम्म तीन सय ७९ निधन

बुधबार, ३१ भदौ, २०७७
डिजिटल संस्करण

२४ घन्टाभित्र कोरोना संक्रमित थप आठजनाको निधन भएको छ । 

मृत्यु हुनेमा चार महिला र चार पुरुष छन् । 

योसमेत संक्रमणबाट नेपालमा निधन हुनेको संख्या तीन सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडाैंका दुई महिला, काभ्रेपलाञ्चाेकका एक महिला र एक पुरुष, सुनसरीका एक पुरुष, सप्तरीका एक पुरुष, बाराकी एक महिला र कास्कीका एक पुरुषकाे मृत्यु भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताए ।

सुझावित समाचार