कोरोना मिटर : थप १५ सय ३९ जनामा संक्रमण, कुल संक्रमितकाे संख्या ५८ हजार तीन सय २७ पुग्यो

बुधबार, ३१ भदौ, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १० हजार चार सय ९४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

बुधबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार तीन सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घन्टामा एक हजार ६८ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाएको छ ।

हालसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४१ हजार सात सय ६ पुगेको छ ।

संक्रमित निको हुने दर ७१.५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

सक्रिय संक्रमित भने १६ हजार दुई सय ४२ जना छन् । 

संक्रमितमध्ये एक सय ७३ जनाको आइसियू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए । 
 

सुझावित समाचार