पछिल्लो २४ घन्टामा देशभर थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १० हजार तीन सय ७५ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।
मंगलबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार सात सय ८८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घन्टामा एक हजार ६२ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाएको छ ।
हालसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।
संक्रमित निको हुने दर ७१.५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
सक्रिय संक्रमित भने १५ हजार सात सय ७९ जना छन् । त्यसमध्ये आठ हजार एक सय ३९ जना संस्थागत र सात हजार ६ सय ४० हजार जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये एक सय ७४ जनाको आइसियू र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।