काेराेना मिटर : आज थप ११ सय ७० जनामा संक्रमण, कुल संक्रमितको संख्या ५५ हजार नाघ्यो

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

देशभर पछिल्लो २४ घन्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १० हजार आठ सय ७८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोमबार थप भएकासमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ५५ हजार तीन सय २९ पुगेको छ ।

विगत २४ घन्टामा आठ सय ७९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार पाँच सय ७६ पुगेको छ ।

संक्रमित निको हुने दर ७१.५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल सक्रिय संक्रमित भने १५ हजार तीन सय ९३ जना मात्र छन् ।

त्यसमध्ये आठ हजार एक सय १८ जना संस्थागत र सात हजार दुई सय ७५ जना होम आइसोलेसनमा छन् ।

संक्रमितमध्ये एक सय ७९ जनाको आइसियू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
 

सुझावित समाचार