कञ्चनपुरमा ६ महिनाभित्र एक सय १२ जनाले गरे आत्महत्या

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

करिब ६ महिनामा कोरोना संक्रमणबाट कञ्चनपुर जिल्लामा एकजना पुरुषको मृत्यु भयो । तर, यो अवधिमा जिल्लाभरि एक सय १२ जनाले आत्महत्या गरेर प्राण त्यागेका छन् । 

कोरोनाबाट बच्नका लागि संसारै जुटेका वेला कञ्चनपुरमा भने आत्महत्या गर्नेको संख्या बढेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार गत १० चैतदेखि भदौ तेस्रो सातासम्ममा कोरोनाले एक र आत्महत्याबाट एक सय १२ जनाले ज्यान गुमाएका छन् ।

१४ वर्षीया बालिकादेखि ५० वर्षसम्मकाले आत्महत्या गरेको तथ्यांकबाट देखिन्छ । ५० जनाले विष सेवन र ६२ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले पहिलाे लकडाउनपछि आत्महत्याका घटना बढेको बताए । ‘सानो विषयमा विवाद हुँदा पनि आत्महत्याका घटना भएकाे देखिएकाे छ,’ प्रवक्ता थाापाले भने । 
 

सुझावित समाचार