नारायणहिटी पुग्यो राजा वीरेन्द्र चढ्ने जहाज (फोटो फिचर)

आइतबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

स्वर्गीय राजा वीरेन्द्र चढ्ने गरेको नेपाली सेनाको एनए–०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज शनिबार राति भने काठमाडौंका सडकमा गुड्यो । जहाज नेपाली सेनाले नारायणहिटी संग्रहालयमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर लगेको हो । 

शनिबार राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तिनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्‍याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो । 

यो जहाजले सन् १९७१ डिसेम्बर ३१ मा पहिलो उडान भरेको थियो । यसलाई सन् १९७५ जनवरी २३ मा तत्कालीन शाही नेपाल वायु सेवा निगमले खरिद गरेको थियो । त्यसपछि सन् १९८० अप्रिल १३ मा तत्कालीन शाही नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । यसमा राजा वीरेन्द्र तथा राजपरिवारका सदस्य सवार हुने गरेका थिए । 

राजपरिवारले प्रयोग गर्ने सरसामान नारायणहिटी संग्रहालयमा राख्ने क्रममा जहाजलाई पनि लगिएको हो । लामो समयदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड रहेको जहाज गुडाएर लगिएको हो । 

सुझावित समाचार