भारतमा एकैदिन ९६ हजारभन्दा बढीमा कोरोना संक्रमण

शुक्रबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

भारतमा पछिल्लो २४ घन्टामा ९६ हजार पाँच सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

यो एकैदिन संक्रमित देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरि संक्रमितको संख्या ४५ लाख ६२ हजार चार सय १५ पुगेको जनाएको छ ।  

संक्रमितमध्ये ३५ लाख ४२ हजार ६ सय ६४ जना भने निको भइसकेका छन् । हाल नौ लाख ४३ हजार चार सय ८० जना संक्रमित अवस्थामा छन् । 

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ७६ हजार दुई सय ७१ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेशमा संक्रमणको प्रभाव देखिएको छ । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सयजना सक्रिय संक्रमित छन् । 

महाराष्ट्रमा अहिलेसम्म ६ लाख ८६ हजार चार सय ६२ जना संक्रमित भइसकेका छन् । त्यहाँ २७ हजार सात सय ८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार दुई सय ७१ जना अझै पनि संक्रमित छन् । यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६ सय सातजना संक्रमित भएको र चार हजार ६ सय ३४ जनाकाे मृत्यु भएको छ ।
 

सुझावित समाचार