उपत्यकाबाहिर जान स्थानीय तहको सहमति अनिवार्य

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

उपत्यकाबाहिर जान सम्बन्धित स्थानीय तहको सहमति अनिवार्य हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक अवस्थामा उपत्यकाबाहिर जाने सवारीसाधनको पासका लागि गन्तव्य जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र तथा स्थानीय तहको सहमतिको पत्र अनिवार्य चाहिने निर्णय गरेको हो । पासका लागि निवेदन दिँदा नै यी कागजपत्र पेस गर्नुपर्नेछ । 

दाहसंस्कार, कर्मचारीको सरुवालगायत अत्यावश्यकीय कामका लागि मात्र उपत्यकाबाहिर जान दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसका लागि निवेदन दिने व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्नेछ ।

सुझावित समाचार