कोरोना मिटर : आज १२ सय ४६ संक्रमित थपिए, हालसम्म संक्रमित हुनेको संख्या ५० हजार नाघ्यो

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ११ हजार एक सय ४४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार थप भएकाेसमेत हालसम्म नेपालमा संक्रमित हुनेकाे संख्या ५० हजार चार सय ६५ पुगेकाे छ । 

त्यसैगरी बिहीबार १८ सय १८ जना कोराेना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३५ हजार सात सय पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रमण निको हुने दर ७१ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार चार सय ४६ छ ।

संक्रमितमध्ये एक सय ६५ जनाको आइसियू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।
 

सुझावित समाचार