रोनाल्डोका सय अन्तर्राष्ट्रिय गोल

बुधबार, २४ भदौ, २०७७
डिजिटल संस्करण

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सय अन्तर्राष्ट्रिय गोल गर्ने दोस्रो फुटबलर बनेका छन् । युरोपमा चलिरहेको नेसन्स कप फुटबल प्रतियोगितामा स्विडेनविरुद्धको प्रतिस्पर्धामा रोनाल्डोले यो उपलब्धि हात पारेका हुन् । रोनाल्डोले राष्ट्रिय टोलीबाट एक सय एक गोल पूरा गरेका छन् । विश्व फुटबलमा सय अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो खेलाडी इरानका अली दायर हुन् । अलीले सन्न्यास लिनुअघि एक सय ४९ खेलमा एक सय नौ गोल गरेका थिए । 

रोनाल्डोको प्रेरणादायी खेल प्रदर्शनको सहयोगमा पोर्चुगलले स्विडेनमाथि २–० को जित निकाल्यो । रोनाल्डोले खेलको ४५औँ र ५२औँ मिनेट गाेल गरेका थिए । खेलको ४५औँ मिनेटमा एक गोल गर्दा रोनाल्डो युरोपियन राष्ट्रबाट सय अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो फुटबलर बने । स्विडेनविरुद्ध उनको पहिलो गोल उत्कृष्ट फ्रिकिकका रूपमा रह्यो । त्यसपछि उनले एक सय गोलको संख्या पार गरे । यसपालि उनले पेनाल्टीबाट गोल गरेका थिए । रोनाल्डोले यो सफलता चुम्न एक सय ६५ खेलको सहयोग लिएका छन् । अब अलीको रेकर्ड बराबरी गर्न रोनाल्डोलाई आठ गोल आवश्यक छ । 

चालू प्रतियोतिगामा रोनाल्डो चोटका कारण क्रोएसियाविरुद्धको खेलबाट बाहिर बसेका थिए । रोनाल्डोले राष्ट्रिय टोलीबाट गत वर्षको नोभेम्बर १७ मा युरोकप छनोटमा प्रतिस्पर्धा गरेका थिए । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि युरोपलगायत अन्य राष्ट्रमा कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नै भएन । यद्यपि युरोपमा विनादर्शक च्याम्पियन्स लिग, इंग्लिस, स्पेनिस, बुन्डेस, फ्रेन्च लिग वानजस्ता प्रिमियर लिग सम्पन्न भएका छन् । 

राष्ट्रिय टोलीबाट व्यक्तिगत रेकर्ड राखेका रोनाल्डोले अलीको कीर्तिमान बराबरी गर्नु नै पहिलो लक्ष्य भएको बताएका छन् । रोनाल्डो भन्छन्, ‘मेरो पहिलो लक्ष्य सय गोल पूरा भएको छ, अब अलीको रेकर्ड बराबरी गर्नु हो, त्यसछि मात्र म अन्तर्राष्ट्रिय फुटबलमा गोलको एउटा नयाँ इतिहास बनाउनेछु ।’ रोनाल्डोले आफू लक्ष्यप्रति बिस्तारै अग्रसर भएको बताए । 

रोनाल्डोले पछिल्लो ४९ गोल ४७ खेलमा गरेका छन् । उनले गत वर्ष करिअरकै सात सय गोल गरेका थिए । गत वर्षको नेसन्स कपमा रोनाल्डोले ६ खेलमा ११ गोल गर्न सफल भएका थिए । उनले हल्यान्डविरुद्ध मात्र गोल गर्न सकेनन् । रोनाल्डोले गरेका १८ अन्तर्राष्ट्रिय गोल विश्वकप तथा युरोकपमा हुन् । दुई वर्षअघि रसियामा सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक लगाएका थिए । 

यसैगरी, सन् २०१६ को युरोकपको सेमिफाइनलमा वेल्सविरुद्धको निर्णायक गोल उनी सधैँ सम्झने गर्छन् । सन् २००४ को जुन महिनामा रोनाल्डोले युरोकपमा ग्रिसविरुद्ध पोर्चुगल टोलीबाट डेब्यु गरेका थिए । आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा उनले गोल गरेका थिए । इरानका अलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल १९९३ को २५ जुनमा चाइनिज ताइपेयीविरुद्ध गरेका थिए । जहाँ उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै ह्याट्रिक लगाए । अलीको अन्तिम अन्तर्राष्ट्रिय खेल २००६ को १ मार्चमा कोस्टारिकाविरुद्ध थियो ।

 
सर्वाधिक अन्तर्राष्ट्रिय गोल
खेलाडी                       गोल

अली दायर (इरान)        १०९
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)    १०१
पेले (ब्राजिल)        ७७
सुनील क्षेत्री (भारत)    ७२
लियोनल मेसी (अर्जेन्टिना)    ७०
रोनाल्डो नाजारियो (ब्राजिल)    ६२
डिएगो म्याराडोना (अर्जेन्टिना)    ३४

रोनाल्डोले दायाँ खुट्टाबाट गरेका गोल        ५४
रोनाल्डोले बायाँ खुट्टाबाट गरेका गोल         २२
रोनाल्डोले हेडिङबाट गरेका गोल        २५


रोनाल्डोले कुन क्षेत्रबाट कति गोल गरे
डिबक्सबाहिर    २१
डिबक्सभित्र    ८०
पेनाल्टीमा ११
फ्रिकिकमा    १०

कति मिनेटमा गोल
०–१५ मिनेटभित्र    १०
१६–३० मिनेटभित्र    १६
३१–४५ मिनेट त्र    १५
४६–६० मिनेटभित्र    १०
६१–७५ मिनेट त्र    २२
७६–९० मिनेट त्र    २८

गोल गरेका मैदान
घरेलु मैदानमा        ४१ गोल
घरबाहिर (अवे)    ३५ गोल
तटस्थ भूमिमा        २५ गोल

रोनाल्डोले गरेका वार्षिक गोल
वर्ष        गोल
२००४        ७
२००५        २
२००६        ६
२००७        ५
२००८        १
२००९        १
२०१०        ३
२०११        ७
२०१२        ५
२०१३        १०
२०१४        ५
२०१५        ३
२०१६        १३
२०१७        ११
२०१८        ६
२०१९        १४
२०२०        १

प्रतियोतिगाअनुसार रोनाल्डोका गोल
प्रतियोगिता        गोल
मैत्रीपूर्ण            १७
विश्वकपमा         ७
युरोकपमा        ९
विश्वकप छनोटमा    ३०
युरोकप छनोटमा    ३१
नेसल्स कप लिग    ५
कन्फिडेरेसन कप    २    

कुन राष्ट्रविरुद्ध कति गोल
राष्ट्र        गोल
लुथियाना    ५
अन्डोरा        ५
अर्मेनिया    ५
स्विडेन    ५
इस्टोनिया    ४
फारोए आइसल्यान्ड    ४
हंगेरी        ४
लक्जम्बर्ग    ४
नेदरल्यान्ड्स    ४
बेल्जियम    ३
डेनमार्क    ३
उत्तर आयरल्यान्ड    ३
रसिया        ३
स्पेन        ३
अजरबैजान    २
बोस्निया हर्जगोभिना    २
क्यामरुन    २
साइप्रस        २
चेक रिपब्लिक    २
इजिप्ट        २
काजखस्तान    २
साउदी अरेबिया    २
अर्जेन्टिना    १
क्रोएसिया    १
इक्वेडर        १
फिनल्यान्ड    १
घाना        १
ग्रिस        १
आइसल्यान्ड    १
इरान        १
मोरक्वो        १
न्युजिल्यान्ड    १
उत्तर कोरिया    १
पानामा        १
पोल्यान्ड    १
सर्विया        १
स्लोभाकिया    १
युक्रेन        १
वेल्सज्ञ        १
एजेन्सीको सहयोगमा

सुझावित समाचार