पछिल्लो २४ घन्टामा देशभरबाट २२ सय ८७ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।
योसमेत देशभर हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३२ हजार नौ सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणमुक्त हुने दर ६८ दशमलव ५ प्रतिशत रहेको बताए ।
त्यसैगरी मंगलबार १० हजार ६ सय ११ को नमुना पिसिआर परीक्षण गर्दा नौ सय दुईजना नयाँ संक्रमित फेला परेको हो ।
आज थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार एक सय ३८ पुगेको छ ।
हाल सक्रिय संक्रमित १४ हजार आठ सय ६८ जना छन् । संक्रमितमध्ये आठ हजार ५३ जना संस्थागत र ६ हजार आठ सय १५ जना होम आइसोलेसनमा छन् ।
कडा लक्षण भएका एक सय ४४ जनाको आइसियू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।